फागुन ५ गते कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक यही फागुन ५ गते बोलाएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा उक्त दिन दिउँसो २ बजे बस्नेछ। सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ।

प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको कांग्रेसको ठहर छ।

ads

ads