नेकपा फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् : विष्णु पौडेल

१ फागुन, बुटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् ।

ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको उपस्थितिले के पुष्टि गर्दैछ भने नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् ।’

‘बुटवलमा जुटेको जनमत पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ उनले भने अर्थमन्त्रीसमेत रहेका पौडेलले पूर्वपार्टीको लिगेसीका कारण केही नेताहरूलाई अप्ठ्यारो परेको भए पनि अलमलमा नपरी र अप्ठ्यारो नमानी ओली नेतृत्वमा आउन आग्रह गरे।

ads

ads