टिपरको ठक्करबाट श्रीमती गम्भीर घाइते, श्रीमानको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका- ५ मा अरुण–३ माकाम गरिरहेको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मकालु– ३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपर पछाडि सर्ने क्रममा रोकि राखेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकरमा रहेकी मृतक राईकी श्रीमती प्रेमकुमारी राई गम्भीर घाइते भएको भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी दिए । भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी र प्रेमकुमारी सोही विद्यालयकी बालशिक्षिका हुन् ।

गाउँपालिका केन्द्र नुममा आउँदै गरेका उनीहरुलाई अरुण–३ जलविधुत् आयोजनाको काम गरी रहेको टिपरले ठक्कर दिएको हो। टिपर अरुण–३ जलविधुत् अयोजनाको सुरुङ मार्गबाट निकालिएको ढुंगामाटो लिएर गएको थियो । मोटरसाईकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राई दम्पती गाउँपालिका केन्द्रको नुममा सञ्चालन भइरहेको तालिममा आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ads

ads