झलनाथ खनाल भारत प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् सचिवालय सदस्य झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन्।

नेता खनाल स्वास्थ्य उपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवाको उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन्।

उनको दिल्लीको अपोलो हस्पिटलमा उपचार हुने खनालको सचिवालयले जनाएको छ।

ads

ads