यो सरकारको काल आएकै हो : डा.बाबुराम भट्टराई

माघ २९,काठमाडौ । प्रचण्ड- नेपाल पक्ष की नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

बिहीबार नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले ट्विटरमार्फत सरकारको विरोध गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता’ नै दिन्छ । “संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?

ads

ads