माघ २९, काठमाडौं । चौतर्फी विरोध पछि साढे ५ घण्टाकाे हिरासत बसाई पछि रामकुमारी झाँक्री रिहा भएकी छिन ।
चौतर्फी दबाबपछि प्रहरीले नेकपाको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर प्रहरीले बिहीबार उनलाई साँझ छोडेको हो ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनलाई प्रहरीले निवासबाटै पक्राउ गरेर मिनभवनस्थित अपराध अनुसन्धान महाशाखामा दिनभर राखेको थियो ।
उनलाई पक्राउ गरेपछि उनको रिहाइका लागि चौतर्फी दबाब सिर्जना भएको थियो । झाँक्रीले रिहाइ पछि प्रतिक्रिया दिँदै सरकारमाथि चौतर्फी दबाब सिर्जना भएर आफूलाई प्रहरीले रिहाइ गरेको बताइन् । उनको रिहाइपछि कार्यकर्ताले उनको पक्षमा नारा लगाएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्