गेटाफेमाथि रियाल मड्रिडको २-० को सहज जित

काठमाडौं। गएराति गेटाफेमाथि २-० को सहज विजय हासिल गर्दै रियाल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । घरेलु मैदानमा रियल पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । तर ६०औं मिनेटमा करिम बेन्जामा र६६औं मिनेटमा फर्ल्यान मेन्डीले गोल गरेपछि रियलले जित हात पारेको हो ।

जितपछि रियालले २२ खेलबाट ४६ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछाडि हो। तथापि, एट्लेटिकोले दुई खेल कम खेलेको छ। २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ।

ads

ads