सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराउने

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराउने प्रतिवद्धता दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराउने सुनिश्चितता भएको बताए ।

निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो । सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ । प्रधानमन्त्रीले संसद विघटन गरे पश्चात् सरकार पुन: चुनाव तर्फ मोडिएको हो ।

ads

ads