फुटबल टोली स्वदेश आइपुग्यो, आजै चाइनिज ताइपे जाने

काठमाडौं – विश्व कप छनोटमा लज्जास्पदक सुरुवात गरेको राष्ट्रिय फुटबल टोली शनिबार (आज) बिहान स्वदेश आइपुगेको छ । टोली दोस्रो खेलका लागि आजै राती १०ः३० बजे चाइनिज ताइपे जाने बताइएको छ । यद्दपी टोली आएको वा जाने कुनै पनि जानकारी एन्फाले आधिकारिक रुपमा दिएको छैन ।

नेपाली टोली घरेलु टोली कुवेतसँग बिहीबार ७–० ले पराजित भएको थियो । विश्व कप छनोटमै सन् २०११ मा जोर्डनसँग ९–० ले पराजित भएको टोलीको त्यसयताको यो सबैभन्दा खराब नतिजा हो ।

विश्व कप छनोटको आफ्नो दोस्रो खेल नेपालले भदौ २४ गते चाइनिज ताइपेसँग खेल्नेछ । विश्व कप छनोटमा नेपाल, कुवेत, चाइनिज ताइपे रहेको समूहमा जोर्डन र अस्ट्रेलिया पनि छन् ।

ads

ads