प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भोलि सुनुवाइ नहुने

माघ २६, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भोलि (मंगलबार) सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डे बितेको शोकमा इजलास नबस्ने भएको हो । आज बहसको अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भोलि इजलास नबस्ने जानकारी दिनुभएको हो ।

माघ ४ गतेदेखि निरन्तर सुनुवाई भइरहेको विघटनको मुद्दामा गत सोमबार यता सरकारपक्षका वकिलहरुले बहस गरिरहेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जनाले बहस गरेका छन् । अब इजलास बुधबार मात्र बस्ने छ ।

ads

ads