कोरोना महामारीपछि मोबाइल फोनको लोकप्रियता बढ्यो

कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको छ ।

कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत गरेको छ ।

लामो समय लकडाउन भयो । कोभिड पछाडि मोवाइलको माग बढेको छ । कोभिड नियन्त्रण गर्न गरिएको लकडाउनका कारण सबै भरभित्रै बस्नु पर्यो । घरभित्रै बस्दा धेरैलाई इन्टरनेटको आवश्यकता पर्यो । खासगरी घरमा बसेर अनलाइन क्लास लिन होस् या विभिन्न अनलाइन छलफलहरुमा बस्न होस् मोबाइल डिभाइसको आवश्यकता पर्यो ।

बाहिर जान नपाएका कारण लकडाउनका बेला बिक्री धेरै हुन नसकेपनि त्यसबेला मोवाइल डिभाइसको आवश्यकता धेरै महशुस भएको थियो । जसले गर्दा लकडाउन खुलेसँगै मोबाइल डिभाइसको माग हृवात्तै बढ्यो । विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा लिनका लागि पनि माबाइल चाहिने नै भयो । मोबाइलबाट पढ्न पनि सहज भयो ।

पछिल्लो समय मोबाइल फोन तथा ल्यापटप जस्ता ग्याजेटहरूको माग ह्वात्तै बढेको छ । यो सँगसँगै मोबाइल फोनहरूको मुल्यमा पनि वृद्धि आएको छ ।

ads

ads