काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरिरहेको बताउनु भएको छ।
नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारमा समापन कार्यक्रममा बोल्नुहुदै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताउनु भयो ।
‘यहाँ अनेकताको विष घोल्ने प्रयास भइरहेको छ पहिचानको राजनीतिका नाउँमा’ ओलीले कार्यक्रममा भने, ‘पहिचानको राजनीतिलाई उकासेर अनुचित ढंगले जनतालाई भड्काउने प्रयास भइरहेको छ । यसमा हामी गम्भीर हुन जरुरी छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस्