नेकपा नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा उत्तम तिमिल्सिना चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको नुवाकोट-काठमण्डौ सम्पर्क मञ्चको अध्यक्षमा उत्तम तिमिल्सिना चयन भएका छन् । नुवाकोट काठमाडौं सम्पर्क मञ्चको शनिवार भएको भेलाले तिमिल्सिनालाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो ।

काठमाडौंको मेघा फुड कोर्टमा भएको भेलामा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीका प्रमुख राजनैतीक सलाहकार बिष्णु रिमालले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै अतिथिको रुपमा नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, नेकपा केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभाका प्रमुख सचेतक केशव पाण्डे, नेकपा केन्द्रिय सदस्य रामशरण प्याकुरेल, केन्द्रिय सदस्य बिजय लोप्चन, नेकपा नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश सांसद बद्री मैनाली, सम्पर्क समन्वय कमिटीका सदस्य कृष्णदास श्रेष्ठ, बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सचीव श्याम बस्नेत, प्रदेश सांसद आशामाया तामाङ, बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका नेता शिशिर अर्याल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल, तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती, विदुर नगरपालिकाका पुर्ब मेयर कमानसिंह लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मन्चको भेला पुरुशोत्तम प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको नेकपा नुवाकोटमा सचिवालय सदस्य रामनाथ खनालले जानकारी दिएका छन ।

ads

ads