नेपालमा लकडाउन पछि ह्वात्तै बढे इन्टरनेट प्रयोगकर्ता

लकडाउको समयमा मनिसहरुलाई समय काट्न निकै गारो भएको थीयो । यसै समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको पाइन्‍छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् ।

लकडाउन अघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।

यो अवधिमा रोचक के भएको छ भने करिब ४३ हजारले नेपाल टेलिकमको एडीएसएल प्रविधि छाडेका छन् । फागुनमा ९ लाख ४३ हजार प्रयोगकर्ता रहेको एडीएसएलसँग कात्तिकसम्म ९ लाख मात्र छन् ।

यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् । गत फागुनमा यस्तो सेवा लिनेको संख्या ४१ लाख ३८ हजार थियो, अहिले बढेर ५२ लाख १७ हजार पुगेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । लकडाउनअघि १ करोड १५ लाख ६९ हजार रहेको थ्रीजी प्रयोगकर्ता कात्तिकसम्म १ करोड ११ लाख ६ हजारमा झरेको छ । फोरजी प्रयोगकर्ता भने ४८ लाख ३९ हजारबाट ६३ लाख ३२ हजारमा पुगेको छ ।

बिधुत प्राधिकरणले आफ्ना पोल प्रयोग गरेबापत लिने शुल्क बढाउने निर्णय गरेको भन्दै उनले सेवा प्रदायकको खर्च बढेअनुसार सेवाको मूल्य नबढेको तर्क गरे । दूरसञ्चार प्राधिकरण भने ब्यान्डविथको मूल्यअनुसार सेवा शुल्क समायोजन गर्नुपर्ने पक्षमा छ ।

ads

ads