म्यानमारमा सैनिक ‘कू’ को विरोधमा चर्किदै प्रर्दशन ।

म्यानमारमा भएको सैनिक ‘कू’ को विरोधमा प्रर्दशन बढ्दै गएको छ । गत सोमबार सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा शिक्षक र विद्यार्थीहरुसमेत सहभागी हुन भइ आन्दोलन लाई थप ससक्त बनाउन थालेका छन् ।
विश्व समुदायले म्यानमारमा भएको सैन्य ‘कू’ को विरोध गरिरहेका बेला म्यानमारका नागरिक, शिक्षक, विद्यार्थी तथा पेशाकर्मीहरुले प्रदर्शनलाई सशक्त बनाएका हुन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन्, भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।
आन्दोलनकै क्रममा म्यानमारको यांगून शहरको एक विश्वविद्यालयमा विद्यार्थीहरुले नेतृ सूकीसहितका नेताको रिहाईको माग गरेका छन् ।

ads

ads