ऊ, उनी र म

सायद ! हाम्रो भेट पहिलोपटक नै भएको थियो। केही कामले शनिवार नै भए पनि दरबारमार्ग गएको थिए, त्यतै हाम्रो भेट भएको थियो। कुनै एक रेष्टुरेन्टमा, कफि पिउँने क्रममा उनीसँग मेरो भेट रेष्टुरेन्टको बाध्यात्मक परिस्थितिले भएको थियो । म एक्लै सोफामा बसिरहेको थिए, उनी पनि पूरा भरिएको रेष्टुरेन्टमा मेरैै नजिक आएर बसेकी थिइन् ।

शनिबारको दिन खाना खान आउने, गफ गर्न आउने, केही महत्त्वपूर्ण कुराहरू गर्न आउने, कोही साथीभाइहरू सँग घुम्न खाना खान आउनेहरूको भिडले रेष्टुरेन्ट पूरा भरिएको थियो। अझै भनौं त्यहाको वातावरणको हल्लाखल्ला सुन्दाँ साझँमा बासको झाङ्गमा सारसले च्या च्या गरेर गाउँनै पूरा कोलाहलमय बनाए झैं त्यहाको बातावरण पनि त्यस्तै थियो ।

कसैले नरम स्वरमा गरेको अनुरोध स्विकार्दै,
एक्युज मी !
एस प्लिज ।
क्यान आई सिट हिएर !
एस स्योर सिट पिल्ज
थ्याङ्स!
उनी पनि त्यहिँ हुलमा मिसिन आएकि रहिछन्। कफी पिउने बहानामा ।
जुन हुलले रेष्टुरेन्टमा कोलाहल मच्चाइरहुको थियो ।
उता म्युजिकको धुनमा मिसिएको डिस्कोको आवाजले त्यहाँको माहोल नै परिवर्तित थियो ।

साधारण प्राकृतिक बनावटमा आधुनिकताले भरिएको रेष्टुरेन्टमा वेटरहरूको तछाडमछाड थियो । त्यहाँ सबै आ-आफ्नै तालमा थिएँ। कति आफ्नो तालमा थिएँँ भने त्यहाँ कति अरूको इशारामा चलिरहेका थिएँ।

त्यो कोलाहलमय वातावरणमा कसैले हाई भन्दा पनि कसलाई भन्या कसलाई,थाहा पाउन नै गार्‍हो ।

मै पट्टी हेर्दै अन्दाजी २०/२१ बर्षकि टमक्क पाइन्ट, माथि लङ कोट लगाएकी घाटिँमा स्काफ बेरेकी,अनुहारमा हल्का मेकपले सजिएकी, देख्दा क्युट लाग्ने ।

फेरि पनि आई ! भनेको सुनेर झस्किए।
हेल्लो !
हाउ आर यु ?
फाइन्‌ एण्ड यु ?
आइ एम अल्सो फाइन्‌!

उनको लवाइ खवाई र प्राकृतिक बनावटले उनमा नेपाली पन दर्शाइरहेको थियो, अझै त्यसमाथि गरिएको मेकअप सँगसँगै लगाएकी लुगाले उनमा थप सौन्दर्य दर्शाएको थियो ।

तर, पनि केही विदेशीहरूको माझमा स्टान्डर्ड बन्न खोजेकाले मैले पनि जाने बुझेको जति जवाफ अङ्ग्रेजीमा नै दिएँँ।

उनी धेरै बोल्न चाहिँन् ?

योर्स नेम ?
सुजन तिमल्सिना !

यान्ड योर्स नेम ?
श्रेयशा

फ्रम?
नुवाकोट ! यान्ड यू?
पाल्पा !
उनी निकै लजाइ रहेकी जस्तो देखिन्थिन्।
म, भने उत्साहित थिए।
कुनै अपरिचित मानिससँगको छोटो कुराकानीमा पनि । साधारण अवस्थामा म प्रायः कसैसँग पनि बोल्न नचाहाने मान्छे।

यहाँ त, आफ्नैै मातृभाषा भुलेर जानीनजानी अप्ठ्यारो पारामा अङ्ग्रेजी छाट्नु परेकोमा हल्का आत्मग्लानी पनि भयो । किनकि ! हिजोको दिनमा थोरै मिहिनेत बढाएको भएँँ आज यस्तो अवस्था आउदैँन थियो होला।

सायद उनले बुझेर नैं होला ?
म सँग हालको छाट्काट अङ्ग्रेजी लवजमा सुरिलो नेपाली भाषा मिसाएर भनिन्,

किनकि, उनी निकै जिज्ञाशु खालको देखिन्थिन!
केही कुरा सिक्न, बुझ्न र जान्न चाहान्थिन, उनले त्यत्रो हुलमा मसँग नै नजिक हुन खोज्नु, मसँग नै केही जान्न,बुझ्न,खोज्नु आश्चर्यको कुरा थियो, मेरो लागी। सायद उनले आफ्नो उमेर अनुसारको सोच,विचार, र भावना मिल्दोजुल्दो असल मानिस खोजेकी होलिन।

तर, यो सबै कुरा यस्तो कोलाहलमय वातावरणमा सम्भव थिएन। किन किन ‘उनी यस वातावरणमा रमाउँन सकिरहेको थिइनन्। मानिस सधैं कहाँ उस्तै रहिरन्छ र, ऊ पनि त समय परिस्थिति अनुरूप परिस्कृत हुन जरुरी छ ।’

त्यसैले उनी दिक्दार खेखिन्थी।

हुन त कोहि मानिस सधैं सोचमग्न, केही गतिशील र परिस्कृत भावना विचारहरूलाई उजागर गर्न चाहिरहेका हुन्छन् ।

तर, पनि उनिहरूले सहि र उचित प्रयोजनका लागि कुनै ठाउँ पाइरहेका हुदैनन् ।

उनी म सँग अपरिचित थिइन। तर, पनी उनलेे म माथि त्यस्तो के देखिन र भनिन् ,” के तपाईं मलाई केही समय दिन सक्नु हुन्छ”?

म तपाईं सँगै केही कुराहरू साटासाट गर्न चाहान्छु ।

“यहाँ कति मानिसहरूसँग कला, गला र सीप छ होला। तर, उनीहरू आफुभित्र भएका हरेक गुणहरू लुकाएर बस्न बाध्य छन्। यो एउटा/दुईवटा मानिसहरूको मात्र समस्या होइन।

प्रायः सबै मानिसहरू यो समस्याबाट माथि उठेर आफू भित्रका भावनाहरू उजागर गर्न चाहान्छन् । तर, उनिहरूसँग न कुनै साधन छ या त कुनै श्रोत नै” । उनी भन्दै थिइन्।

हामी रेष्टुरेन्टमा कपि पिउँदै थियौंं।

यो माहोल उसले गरिरहेको कुराहरूसँग मलाई ठिक लागेन ।

मैले उनलाई रोके र भने,

‘हामी यो वातावरणबाट बाहिर निस्किएर कुनै शान्त वातावरणमा यी कुराहरू गर्न सक्छौं’।
उनी हास्दैँ थिइन् ।
उनी हास्दैँ अवस्यै सकिन्छ भन्दै थिइन।
म पनि मुसुक्क हासेेँ।
कफिको चुस्कि सकिए पछि हामी त्यहाँबाट निस्कियौं ।

उनी आफ्नै गाडीमा आएकी रहिछन् ।
हामी सँगै भक्तपुर दरवार स्क्वायर तिर निस्कियौं।

उसले म माथि देखाएको यति महत्त्वपूर्ण विश्वासलाई आत्मसात गर्दै उसले भनिरहेका कुराहरूको, म साक्षी बनिरहे।

उसको मोबाइल बज्यो!

एक्स्क्युज मि !

भन्दै थिइन्,म एउटा साथीसँग भक्तपुर दरबार स्क्वायर तिर छु तिमी पनि उतै आऊँ।

हामी यतै भेटौंला?

सो सरी!

केही छैन !

उनी आफ्नो कुराहरू सरासर अघि बढाइरहेकी थिइन। उनी भविष्य र जीवनमा केन्द्रित रहेर केही कुराहरू भन्दै थिइन्।

उनले थपिन’हिजोआज जीवन एउटा सङ्घर्ष हो जस्तो लाग्छ। मलाई ! त्याग,तपस्या र बलिदानको उपज हो जीवन। सुख दुखको साक्षी हो जीवन ।’ उनले भनिन।

हामी भक्तपुर पुग्यौं त्यहाँ उसको साथी कुर्दै रहेछ । ऊ मेरो लागि अपरिचित थियो। उसले मसँग गरेको सामान्य परिचयले पनि उसले मलाई राम्रोसँग चिन्ने प्रयास गर्यो र उसले सायद चिन्यो पनि होला । हामी एउटा डिलमा बसेर कुराहरू गर्दै केही तस्वीरहरू खिच्दै थियौं। कुनै पनि कुराको साक्षीका रूपमा लिइएको तस्विरले पनि मलाई उनिहरू सामु परिचित बनाएको थियो ।
कुनैै अपरिचित सँगैको यो मिठो बसाइँलाई मैले एउटा अवसरको रूपमा ह्यान्डिल गर्ने सोच्दै थिएँँ। ऊ र उनी केही बेर गफमा मस्त थिएँ । उनिहरूको अलिअलि कुरा सुन्दा उनीहरूको व्यक्तिगत कुरा हुन् कि भन्ने अनुमान मैले लगाएको थिएँ।

त्यहाँको शान्त वातावरणलाई परेवाहरूले भरेका सुन्दर आकृतिहरू, त्यहाँका फोटोहरू, मन्दिहरू, र त्यहाँको काठमा बनाइएका बुट्टाहरू निकै परिचित छन् झैँ लाग्यो।

केही समयको अन्तराल पछि हामी फर्किने तरखरमा थियौँ।
हेलो डियर सुजन !

एस् पिल्ज !

म झसङ्ग भए ।

तपाईं सँग निकै कुराहरू गर्नु छ
सो क्यान यु गिभ मि योर्स नम्बर !

मैले कुनै सङ्का नै नमानी आफ्नो फोन नम्बर दिएँ।

थ्याङ्स !

उनी भन्दै थिइन, “आज एउटा महत्त्वपूर्ण कामले निस्कन पर्ने भयो”

हजुर कता बस्नु हुन्छ ?

‘म ज्ञानेश्वर’

उनीहरू सोच्दै थिए।

आउनुस् सँगै जाऊ ।

म हजुरलाई ज्ञानेश्वर नै छोडिदिन्छु।

हामी तिनै जना त्यो ठाउँबाट लुप्त भयौं हरायौँ।

हामी हाम्रो गन्तव्य तिर लाग्यो ।

ऊ – उनी र म हामी तिनै जना असल साथीका रूपमा आजबाट परिचित रह्यौं ।

शनिबारको खालि-खाली रोड त्यसमाथि गाडीमा घन्काइएको गित र मन्दमन्द चलाइएको एसी ले माहोल निकै नै तताएको थियो ।

हामी केही बेरमा ज्ञानेश्वर आइपुग्यौं

मलाई ओर्लिनु थियो ।

मैले ज्ञानेश्वर चोकमा हुइकिएको गाडी रोक्काए, र म झरे ।

त्यसपश्चात उनिहरू पनि झरे र न्यानो अङ्कमाल पश्चात् हामी छुट्टियौँ ।

उनिहरू सँग मेरो पूरा कन्ट्याक्ट् थियो ।

म त्यहाँबाट कोठासम्म हिड्दै आइपुगे ।

कोठामा आउदाँँ लगभग ५ बजिसकेको रहेछ केही समय मोबाइलमा व्यस्त रहे ।

उनीहरूलेे मलाई आ-आफ्नो आइडीबाट म्यासेज पठाए र रिक्वेस्ट पनि पठाएका रहेछन् । हामी अब सधैं नै यति नै घनिष्ठ मित्रहरूको रूपमा परिचित रहौं ।
आज निकै रमाइलो भयो ।
निकै खुसी छु, नयाँ साथीहरूको साथ सहयोग र सद्भावका लागि ।
हामी अझैसम्म पनि उस्तै छौँ ,जो हिजोको दिनमा थियौँ ।
निकै रमाइलो क्षणका लागि
थ्याङ्क्स् डियर सुजन!!!

लेखन :- सुजन तिमल्सिना

ads

ads