डेंगुले महामारी औषधि छरिएको वसन्तपुर र भोटेबहालमा

काठमाडौं । डेंगुले महामारीको रुप लिन थालेपछि यसलाई नियन्त्रण गर्न काठमाडौंका विभिन्‍न स्थानमा औषधि छरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा काठमाडौं महानगरपालिका अन्तर्गतको जनस्वास्थ्य महाशाखाले काठमाडौंको न्युरोड क्षेत्रमा फगिङको माध्यमबाट औषधिसहितको धुवाँ छरेको छ । औषधी छर्न मंगलबारदेखि सुरू गरिएको हो । महानगरले मंगलबार वसन्तपुर र बुधबार भोटेबहाल, लगन र याङगालमा औषधिसहितको धुवाँ छरेको थियो।

यससँगै महानगरपालिकाका वडा नम्बर १७, २१, २२ मा छरिसकेको र वडा नम्बर १३ र २३ मा जनचेतना फैलाइएको महाशाखा प्रमुख नरेन्द्र विलास बज्रचार्यले बताए । पछिल्लो एकसाता काठमाडौं लामखुटेको प्रभाव बढ्न थालेपछि महानगरपालिकाले यस्तो कदम चालेको हो ।

ads

ads