साँस्कृतिक पत्रकार समाजको जलहरी मन्थन

काठमाडौ । नेपाल साँस्कृतिक पत्रकार समाजले सम्पदामा देखिएका समस्यालाई निषकर्षमा पुर्याउन साँस्कृतिक मन्थन गर्ने भएको छ । समाजको आज बसेको तेस्रो बैठकले पशुपतिको जलहरी बिबादलाई निषकर्षमा पुर्याउन सरोकारवाला समेटेर जलहरी मन्थन गर्ने भएको छ ।

त्यसपछी कमलपोखरी समस्या र खुला मन्चमा देखिएका समस्या निष्कर्षमा पुर्याउन मन्थन आयोजना गरिएको समाजका अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिए । “यो सम्पदा संरक्षणको लागि दवाब सृजना गर्ने पहिलो चरणको अभियान हो, पछि कसरी जाने भनेर छलफल गरि राखेका छौ । हाम्रो मिसन संम्पदा संरक्षणमा लेख्ने पत्रकारको हकहितमा केन्द्रित हुने छ” न्यौपानेले भने । अहिले पशुपतिमा जलहरीको विवाद भएकाले पहिलो दवाबमुलक कार्यक्रम यो बिषयमा गर्न लागेको समाजले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछी कोषले १४१ किलो सुनको जलहरी राख्न लागेको छ । चाँदिको जलहरी फेरेर सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन विपरित हुने भन्दै संरक्षणकर्मीले बिरोध गर्दै आएका छन ।

त्यसैगरी कमल पोखरीमा पानी सुकाएर कंकृटको संरचना समेत राखेर मौलिकता मासिएको भन्दै स्थानीयवासी र संरक्षणकर्मी आनोदोलनमा छन । यसको पनि समाधन खोज्न दुबै पक्ष राखेर छलफल गरिने निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

खुलामन्चको अतिक्रमण हटाउने बिषयमा पनि समाजले मध्यस्थता गर्ने निर्णय गरेको छ ।

ads

ads