प्रचण्ड-माधव समूले लिए ५ बजे पछि बन्द फिर्ता

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूले बिहीबार घोषणा गरेको आम हड्ताल साँझ ५ बजेपछि फिर्ता लिएको छ । साँझ ५ बजेबाट यातायातका साथै सबै क्षेत्रमा लगाइएको आमहड्ताल सकिने बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेका भन्दै उक्त समूह निरन्तर आन्दोलित छ । बिहीबार भएको नेपाल बन्दपछिका नयाँ आन्दोलनका कार्यक्रहरु सार्वजनिक गरिएका छैनन् । अब लामो तथा छोटो दूरीका सबै साधन यस अघि जस्तै नियमित सञ्चालन हुने प्रचण्ड-माधव पक्षले जनाएको छ ।

ads

ads