प्रहरी र प्रचण्ड-नेपाल पक्षबीचको झडपमा पूर्वमन्त्री झा र मातृका यादव घाइते

जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड-नेपाल पक्षबीच झडप भएको छ। झडपमा दुई पूर्वमन्त्री घाइते भएका छन्।

पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाइते भएका हुन्। यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घाइते भएका छन्।

जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो।

सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा र यादवसहितका नेता घाइते भएका हुन्।उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ads

ads