संघर्षका पाईलाहरु

मनभरी खेलिरहेका कुराहरू

बताससरी होडबाजी गरिरहेका

तानाशाहहरू,

तिम्रो हाम्रो र उसको कोमल

हृदयस्पर्शी भएका रङ्गिन भावनाहरू

एकाध दिनमा सबै कल्पनामा नै रह्यो।

म भने अतितका बुलन्द यादहरूमा

सधैं तड्पिरहे,

पानीको थोपाले जमीन स्पर्शको

लागि गरेका संघर्षहरू

सधैं जमीनमा नैंं विलाएपछि हो,

म पनि मेरो बुबाको निधारबाट बगेका

पसिनाहरूलाई निमिट्यान्न पार्न

संघर्षको मैदानमा लडेको योद्धासरी

उसको योगदानको कदर गर्दै

सधैं उसको निधार ओभानो

देखाउन लागि परेको ।

ads

ads