हालसम्म ९३ जना भन्दा बढी बन्दकर्ता पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् । बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् ।

देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए । गोंगबुमा आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको छ ।

चाबहिलको मित्रपार्कमा मिनिबसमा तोडफोड गरिएको छ भने कलंकी नजिकै ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । चितवनमा पनि ट्रकको सिसा फुटाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ ।

ads

ads