अष्ठलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता पक्राउ

आज बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो ।

ads

ads