अन्तर्खोज !

अन्तर्खोज

अब म केही खोज्दिन आमा !

मैले खोजेर पनि के पाए र !

मैले खोज्दा पाएको र नखोज्दा पाएकोमा भिन्नता नै के रह्यो र ?

अब म खोज्दिन आमा !

मैले खोजिरहेको केन्द्रविन्दु पनि मेरै केन्द्रविन्दुलाई खोजिरहेको थियो

मेरो पैतालाले टेकेको माटोहरुले पनि मेरै पैतालालाई खोजिरहेको थियो

तब त न यी माटो बाँकि थिए न माटो टेक्ने पैताला नै

म मस्तिष्कको क्षेत्रमा बाँधेर राखेका कुराहरु खोजिरहेको थिए

ती बाँधिएका कुराहरुले पनि मलाई नै खोजिरहेका थिए

न मस्तिष्कले बाँधिएका कुरालाई भेट्न सक्यो

न बाँधिएका कुराले मस्तिष्कलाई नै

मेरा ओठहरुले मुस्कानलाई खोजिरहेका थिए

मुस्कानले मेरो ओठहरुमा रम्न खोजिरहेको थियो

न मुस्कानले ओठ भेट्न सक्यो

न ओठले मुस्कान नै

म त कसैलाई भेट्नै सक्दिन आमा !

मैले टेक्दै हिडिरहेको पाइलाले पनि उसका पाइलालाई भेट्नै सक्दैन

अनि यी आँखाहरु खोजलाई खोजिरहेको हुनेछ ।

निश्चल आचार्य ।

ads

ads