चलचित्र ‘आमा’ नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा

नेपाली चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भयो । सार्वजनिक भएको ३ दिनमा यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘आमा’ गतबर्षको फागुण ९ गते रिलिज भएको थियो । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

५३ हजार भन्दा बढी दर्शकले चलचित्रलाई लाइक गरेका छन् । ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा गरेका छन् । नेपालमा रिलिज भएपनि कोरोना कारण विदेशमा यो चलचित्र रिलिज हुन सकेको थिएन । यसैले, विदेशबाट चलचित्र हेर्ने अधिकांश दर्शकले यो चलचित्रलाई आफ्नै कथा भनेका छन् ।

ads

ads