भोलिको बैठकमा केपी ओलीलाई कारबाही गर्ने प्रचण्ड-नेपाल पक्षको निर्णय

माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। केन्द्रीय सदस्यलाई बैठकबारे जानकारी गराउन पठाइएको सूचनामा भने पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ।

‘पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। अरू एजेण्डाबारे कुनै जानकारी गराइएको छैन,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी बैठकको निर्णय अनुमोदनका लागि पेश हुन्छन्। त्यो मध्ये केपी ओलीलाई कारबाही गर्ने निर्णय पनि एक हो।’

केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो।

आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीनै आधिकारीक भएको निर्णय समेत गरेको छ।

४ सय ४१ जनामध्ये आफूहरुसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

ads

ads