मलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयो

मलेसियाबाट १७ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो।

एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले शव ल्याउनको लागि पहल गरेका थिए। गएराति मलेसिया गएको जहाजले शनिबार बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो।

ads

ads