फेरि सुरु भयो लोडसेडिङ, बिधुत प्राधिकरणद्वारा लोडसेडिङ तालिका प्रकाशित

नेपाल बिधुत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका प्रकाशित गरेको छ ।

उक्त वितरण केन्द्रद्वारा बिजुली वितरित क्षेत्रलाई २ भागमा विभाजित गरी लोडसेडिङ तालिका प्रकाशित गरिएको हो । समूह (क ) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र छन् । यसैगरी समूह (ख) मा विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाउँ र बसपार्क छन् ।

समूह (क) मा बेलुका साढे ९ देखि १२ बजे र १२ देखि १२:३० सम्म २ पटकमा गरी ३ घण्टा र समूह (ख) मा दिउँसो १२ : ३० देखि २१:३० सम्म गरी दैनिक ९ घण्टा लोडसेडिङ हुनेछ ।

प्रत्येक साता समूह परिवर्तन हुनेछ अर्थात् यो साता समूह (क) मा रहेको क्षेत्र अर्को साता समूह (ख) मा पर्ने प्राधिकरणले जनाएको छ । नेपालमा लोडसेडिङ अन्त्य भएको लामो समयपछि तालिका नै प्रकाशित गरेर लोडसेडिङ हुन लागेको हो ।

ads

ads