‘किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक’ – प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्।

प्रज्ञा भवनमा अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक। साँच्चै हो।’

उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताएका छन्।

‘तपाईंहरू पछाडि र म अगाडि बसेर माघ ९ मा प्रदर्शन हुन्छ,’ उनले भने, ‘युवाको काँधमा ठूलो जिम्मेवारी छ। ठूलो षड्यन्त्र हुँदैछ, रोक्नुछ।’

आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’

ads

ads