प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।

पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।

उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए । आउँदो अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने पनि उनले बताए । ‘त्यो नाम टुङ्ग्याउने बेला भन्दा अगाडि नै मेरो विवाह सम्पन्न भइसकेको हुनेछ’ मुख्यमन्त्री राईले भने ।

ads

ads