बलिउडका चर्चित नायक बरुण धवन र नताशा जनवरी २४ मा बिहे गर्दै

बलिउडका चर्चित नायक बरुण धवनले आफ्नी प्रेमिका नताशा दलालसँग जनवरी २४ मा बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बरुण अब आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहको रुप दिने तयारीमा छन् ।

बरुण र नताशा सानैदेखिका मिल्ने साथी हुन् । उनीहरुको प्रेम केही समय अगाडी नै सार्वजनिक भएको थियो । बरुण र नताशाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ । कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै बरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरुलाई मात्र बिहेमा निमन्त्रणा गरेको छ ।

बिहेको करिब एक महिनापछि मुम्बइमा बिहे भोजको आयोजना गरिनेछ । बरुण र उनका पिता डेभिड धवन पञ्जाबी शैलीको बिहे रुचाउँछन् । तर, कोरोनाका कारण उनीहरुको यो योजना भने संभव हुन सकेन ।

उनीहरुको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ । बरुण र नताशाले बिहेको औपचारिक घोषणा भने गरेका छैनन् ।

ads

ads