भारतीय च्यानल जी न्यूजले भन्यो: सगरमाथामा भारतले दाबी गर्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको छ।

जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । उक्त च्यानलले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्- जी न्यूजका सम्पादक सुधीर चौधरी। चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको धारणा छ ।

मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्- त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।

‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,’ उनी भन्छन्,’संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ।’

ads

ads