प्रचण्डले कार्यकर्तालाई सोधे- “तपाईंहरू नै भन्नुहोस् के जनयुद्ध कुहिएको फर्सी हो त?”

पोखरामा मंगलबार गण्डकी प्रदेशस्तरीय भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन्।

प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताएका छन्। हालै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाएका प्रचण्डले कार्यकर्तालाई सोधे- तपाईंहरू नै भन्नुहोस् के जनयुद्ध कुहिएको फर्सी हो त?

जनयुद्ध लडेका तर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूलाई लक्षित गर्दै प्रचण्डले जनयुद्ध कुहिएको फर्सी नै हो त भन्ने प्रश्न पनि गरेका छन्।

‘के जनयुद्ध कुहिएकै फर्सी हो त? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो? होइन भने यो स्वीकार्य छैन।’

उनले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताएका थिए।

‘हाँस्यव्यंग्य र उखान टुक्काका लागि हामी यहाँ उपस्थित भएको छैन,’ उनले भने। पार्टीभित्रको विवाद विचारका लागि भए पनि पदका लागि भन्नेजस्तो गरिएको उनको भनाइ थियो।

ads

ads