भिर्गिल भान डायक युईएफए प्लेयर अफ दि इयर

नेदरल्याण्ड तथा लिभरपुलका स्टार खेलाडी भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार डिफेन्डर डायकलाई यो अवार्ड प्रदान गरेको हो । उनलाई गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको हो । उनले बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी र पोचुर्गल तथा युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

डायकले यो सिजन लिभरपुलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए । डायकले ‘युईएफए डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् । यी अवार्ड युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा प्रदान गरिएको हो ।

ads

ads