विश्वका प्रमुख ९६ शहरमध्ये सबैभन्दा बढी प्रदुषित काठमाडौं उपत्यका

काठमाडौं उपत्यकाको हावा विश्वका प्रमुख ९६ शहरमध्ये सबैभन्दा बढी प्रदुषित रह्यो ।

स्वीट्जरल्याण्डस्थित प्रदुषण मापन गर्ने संस्था आईक्युएअरका अनुसार त्यसदिन ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ थियो । वातावरण विभागको आंकडा अनुसार त्यसदिन भैंसेपाटीमा ४०३ एक्युआई मापन भयो ।

आखिर के हो त यसको अर्थ ? मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार काठमाडौंको प्रदुषित हावामा श्वास फेर्नु भनेको नियमित चुरोट सेवन गर्नु जत्तिकै हो । तत्काल कुनै समस्या नदेखिएपनि दीर्घकालीन स्वास्थ्य समस्या सिर्जना गराउने भएकाले कोइराला यसलाई ‘साइलेन्ट किलर’का रुपमा व्याख्या गर्छन् ।

मुटुरोगका कारण हुने मृत्युमध्ये २० प्रतिशतभन्दा धेरैको कारण वायु प्रदूषण रहेको डा. कोइराला बताउँछन् । त्यस्तै फोक्सोको कारणले हुने मृत्युमध्ये ४३ प्रतिशत मृत्युमा प्रदूषणको भूमिका रहेको उनको भनाइ छ ।
त्यस्तै, मुटुको रोगबाट ज्यान गुमाउनेमध्ये पनि २४ प्रतिशत वायु प्रदूषणकै कारण मृत्यु हुने गरेको विज्ञहरु बताउँछन् ।

वातावरणविद् भुषण तुलाधर वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउँछन् । उनी वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको बताउँछन् ।

‘वायुमा हुने दूषित कण श्वासप्रश्वास मार्फत् सुरुमा फोक्सोमा पुग्ने भएकोले यसमा बढी असर देखिन्छ’ तुलाधर भन्छन् ‘अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ । तर मृत्युतर्फ हेर्ने हो भने चाहिँ सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।’

ads

ads