हिन्दी चलचित्र ‘धुम-४’ मा दीपिका पादुकोण भिलेनको रोल गर्दै

बलिउडमा धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ ।

यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक मिडियाको अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ ।

दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ । धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।

ads

ads