प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न बिहीबार बिहान खुमलटार पुगेकी थिइन्।

प्रचण्डसँग राजदूत यान्छीको करिब आधा घन्टा जति समसामयिक विषयमा छलफल भएको जनाइएको छ । यसअघि नेकपाका दुई खेला ओली र प्रचण्ड–माधव समूहले अलग-अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

यसअघि पनि नेपालको राजनीतिप्रति चिनियाँ राजदूतको सक्रियता देखिने गरेको थियो।

ads

ads