दीपक–दीपाको “छक्का पन्जा ३” युटुबमा सार्वजनिक

सुपरहिट फिल्म “छक्का पन्जा–३” हाइलाइट्स नेपालको युट्युवमार्फत बुधबार साँझ सार्वजनिक भएको छ ।

फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । हामीले यो समाचार तयार गर्दा सम्म ६ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको आठौँ स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म फिल्मले २९ हजार लाईक र करिब ४ हजार डिस्लाइक पाएको छ ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

ads

ads