नेपाली बजारमा सुनचाँदीको मूल्यमा केहि गिरावट

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२६५ रुपैयाँमा कारोबार भएको हो ।

ads

ads