आज सातै प्रदेशमा ओली समूहको प्रशिक्षण साथै नेताहरूलाई तोकियो जिम्मेवारी

नेकपा ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दैछ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।

प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नेताहरुको सूचीमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझीको नाम गण्डकी र बागमती प्रदेश दुवैमा छ । यसैगरी मणि चन्द्र थापाको नाम लुम्बिनी र सुदूरपश्चिम प्रदेश दुवैमा छ ।

सोअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, ज्ञवाली, मणिचन्द्र थापा र डा शिवमाया तुम्वाहाम्फे, प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्माकुमारी अर्याल तथा गण्डकी प्रदेशमा रायमाझी, पृथ्वीसुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन् ।

यस्तै लुम्बिनी प्रदेशमा महासचिव विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, थापा र गोमा देवकोटा, कर्णाली प्रदेशमा शङ्कर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य तथा सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिने जनाइएको छ ।

ads

ads