प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अहिलेको समग्र परिस्थितिबारे सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।

ads

ads