पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ।

पूर्वमाओवादी नेता महराले सभामुख निर्वाचित भएसँगै पार्टीको सदस्यता स्थगित गरेका थिए। महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो। उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।

ads

ads