सुमी मोक्तान र बिजु पार्कीको जोडी बने डान्सिङ्ग विथ द स्टार्सको बिजेता

हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले जितेका छन् ।

बिजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन् । शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेका छन् ।

फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने प्रियना आचार्य र सुभम् भुजेलको जोडी सेकेन्ड रनरअप बनेका छन् ।

ads

ads