बलिउड गायिका नेहा कक्कड आमा बन्दै

आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी बलिउड गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् ।

नेहाले इन्स्टाग्राममा आफ्नो र उनका श्रीमान् रोहनप्रित सिंहको फोटो राखेकी छिन् जसमा नेहाको बढेको पेट स्पष्ट देखिन्छ। उनले क्याप्सनमा लेखेकी छन्, ‘अब ख्याल राख्नु।’

रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् ।

उनीहरूको भेट पहिलो पटक ‘नेहा दु ब्या’ म्युजिक भिडिओ गर्नेक्रम भएको थियो।

‘हामी पहिलो पटक सेटमै भेटेका थियौं। ‘नेहा का ब्या’ नामको त्यो गीतमा जे लेखिएको थियो त्यो वास्तविकतामा परिणत हुन्छ भन्ने सोचेकै थिइनँ। त्यो गीतले मेरो जीवन नै बदलिदिएको छ,’ रोहनले हिन्दुस्तान टाइम्सलाई भनेका छन्।

ads

ads