उपधी नजिते पनि सन्तोषले लाखौं नेपालीको मन जिते

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित “मास्टर सेफ:द प्रोफेसनल्स् २०२०” को ग्रान्ड फिनालेमा नेपाली सेफ सन्तोष साहको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो ।

“मास्टर सेफ:द प्रोफेसनल्स् २०२०” उपाधि बेलायती सेफ आलेक्स वेवले जिते । ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् ।

विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।

उनले भने ‘एकदम कडा प्रतिस्पर्धा थियो । मेरो उपाधिमात्र जित्ने उद्देश्य भएको भए २० वर्ष बढी अनुभव रहेको इन्डियन खाना बनाउँथे होला तर त्यसो गर्न मनले नै दिएन,म आफ्नो स्वाभिमान कहिल्यै बेच्दिनँ । भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने ?’

सन्तोषले हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।

सन्तोष फाइनल एपिसोडमा नेपाली ढाका टोपीमा सजिएका थिए । त्यसअवसरमा उनीबारे बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरे ।
यस अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् ।

ads

ads