आज पुस ३ गते शुक्रवार, तपाईको आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। नयाँ कामले नाम र दाम दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

परिवारजनको साथले उत्साह जगाउनेछ। प्रियजनसँग भेट हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कमजोर नतिजा सच्याउन पहिलेकै काम दोहोर्याउनुपर्ला। विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य केही कमजोर रहनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला। अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

ads

ads