शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो।

अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए । बैठकमा भएको सहमति अनुसार यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।

ads

ads