शुक्रबारदेखि जोरबिजोर नमान्ने यातायात व्यवसायिको निर्णय

Publice vehicle Kathmandu

जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या कम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।

सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरिएको जोरबिजोरले सवारी साधनमा यात्रु खाँदाखाँद हुँदा झन् कोरोनाको जोखिम बढ्ने खतरा छ । जसले गर्दा यात्रुलाई पनि कष्ट सहनुपरेको छ ।

ads

ads