आइतबार इटालियन सिरि ‘ए’ को खेलमा युभेन्ट्सले गिनोआलाई ३–१ गोलले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरेका थिए।
सो खेलमा जित हात पारेसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा चार सय जित निकाल्न सफल भए। पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा चार खेल जित्ने २१औं शताब्दीका पहिलो फुटबलर बनेका छन्।
रोनाल्डोले इटालीको लिगसहित इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगामा हात पारेको जित गरी कुल चार सय जिते।
युरोपको शीर्ष पाँच लिगमा सर्वाधिक खेल जित्ने खेलाडीको दोस्रो स्थानमा बार्सिलोनाका लिओनल मेसी छन्। मेसीले ३६५ खेल जितेका छन्।
रोनाल्डोले युभेन्ट्सको जर्सीमा सयौं खेल खेले। सन् २०१८ मा युभेन्ट्समा आबद्ध भए यता रोनाल्डोले सय खेलमा ७७ गोल गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्