ललिता निवास प्रकरण : अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको मुद्दामा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार पठाइएको प्रहरीले बताएको छ ।

अख्तियारको प्रमुख हुनुअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा बस्न्यात उक्त जग्गा प्रकरणमा मुछिएका हुन् । बस्न्यातविरुद्ध अख्तियारले २०७६ माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ विगो माग गर्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भए पनि कोरोनाको महामारीका कारण गरिएको बन्दाबन्दीले सुनुवाइ सरेको थियो ।

ads

ads